NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

फिफा वरीयतामा नेपाल खस्कियो

काठमाडौं । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपाल खस्किएको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता आठ स्थान तल झरेको हो ।

अघिल्लो वरीयतामा नेपाल १६८ औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा नेपाल १७६ औं स्थानमा पुगेको छ ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ ।

नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०४ औं स्थानमा छ भने माल्दिभ्स १५६ औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् ।

भुटान १८६ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९६ औं र श्रीलंका २०७ औं स्थानमा रहेका छन् ।

फिफा वरीयता : विश्वविजेता फ्रान्स खस्कियो, मेसीको अर्जेन्टिना उक्लियो