NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

माओवादी निर्वाचन आयोगका प्रमुख श्रेष्ठ चीनका लागि राजदूत नियुक्त

काठमाडौं । छिमेकी मुलुक चीनका लागि नेपालको राजदूतमा विष्णु पुकार श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियक्त गरेकी हुन् ।

श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा राजदूतका लागि अनुमोदन गरेको थियो । राजदूत विष्णुपुकार श्रेष्ठलाई चीन सरकारले असार ५ मा अग्रिमो (स्वीकृति) दिएको थियाे ।

माओवादी केन्द्रको कोटाबाट राजदूत भएका श्रेष्ठ निर्वाचन आयोगका प्रमुख थिए । माओवादीको आठौं महाधिवेशन उनकै नेतृत्वमा गराएका थिए ।