NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मूल्यवृद्धिको विरोधमा उत्रिएका युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं । मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

मूल्यवृद्धिविरुद्ध बानेश्वरमा मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि बिहीबार बेलुकी दुई पक्षबीच झडप भएको हो ।

झडपपछि त्यस क्षेत्रको यातायात अबरुद्ध भएको थियो ।

प्रदर्शनमा सहभागीले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजीनामा दे’जस्ता नारा लगाएका थिए ।