NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

नूरप्रसादले भने, ‘मेरी आमालाई लछारपछार गर्ने डिएसपी यीनै हुन्’

काठमाडौं । द्धन्द्धपीडित परिवारका एक सदस्य नूरप्रसाद अधिकारीले न्याय मागिरहेकी आफ्नी आमा गंगामाया अधिकारीलाई नेपाल प्रहरीका एक डिएसपीले कुटपिट गरेको आरोप लगाएका छन् । उनले प्रहरीको नाम नै किटेर आज सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।

डिएसपी शालिग्राम शर्माले आफ्नै आमालाई कुटपिट तथा लछारपछार गरी हातसमेत मर्काइदिएकको बताएका छन् ।

प्रहरी र पहिलेका माओवादीमा केही फरक नदेखिएको उनले आरोप लगाएका छन् ।

‘यी डिएसपी शालिग्राम शर्माले गएराती ११ वीर हस्पिटलमा गयर न्याय मागेकी मेरो आमा गंगामाया अधिकारीलाई कुटपिट तथा लछारपछार गरी हातसमेत मर्काइदिएको अवस्था छ,’ उनले लेखेका छन्, ‘त्यसैले पुलिस र माओवादीमा कुनै फरक नभएको र दुवै अपराधिक कार्यमा प्रतिस्पर्धा गरिरहेको देखियो । यस्ता जनावरजस्ता पुलिस र माओवादीलाई नेपाली जनताले चिन्नुपर्छ ।’

गोरखा फुजेलका अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसादलाई ०६१ सालमा माओवादीले चितवनमा हत्या गरेका थिए ।

छोराका हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी दम्पत्तिले अनसन सुरु गरे । अनसनकै क्रममा नन्दप्रसादको निधन भएको थियो ।