रविको पार्टीले पायो प्रवक्ता

काठमाडौं । सञ्चारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका रवि लामिछानेले प्रवक्ताको जिम्मेवारी डा. मुकुल ढकाललाई दिएका छन् ।
पार्टी गठन गरे पनि आफ्ना सहयात्रीबारे सार्वजनिक नगरेका लामिछानेले प्रवक्ताको जिम्मेवारी डा. ढकाललाई दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार गर्न लागेको पत्रकार सम्मेलनबारे जानकारी दिन जारी विज्ञप्तिमा डा. ढकालले हस्ताक्षर गरेका छन् ।
मोरङ स्थायी ठेगाना भएका ढकाल कालीकोटको रास्कोट अस्पतालका निर्देशक हुन् । यो अस्पताल रवि लामिछानेकै अगुवाइमा निर्माण भएको थियो ।
यसैबीच, नेपाल स्वतन्त्र पार्टीले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । डा. ढकालद्वारा जारी विज्ञप्तिअनुसार, अपराह्न ४ बजे रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्ने तय भएको छ ।
घोषणा गरेको दिन पार्टी दर्ताका लागि लामिछानेले निर्वाचन आयोगमा निवेदन दिए पनि नामका कारण विवादमा फसेको छ । विभिन्न व्यक्तिहरूले स्वतन्त्र अभियानलाई भ्रमित गर्नेगरी नाम राखिएको दाबी गर्दै दर्ता नगर्न निर्वाचन आयोगमा निवेदन दिएपछि लामिछाने अप्ठ्यारोमा परेका छन् ।
ताजा अपडेट
-
नयाँ मन्त्रीको शपथ बिहान ११ बजे
-
के छ माधव नेपालको प्रतिवेदनमा ?
-
जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…
-
रविको दलमा धादिङबाट मात्रै चार केन्द्रीय सदस्य, तीन डाक्टर
-
यस्ता छन् रवि लामिछानेको स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया