NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मन्त्री हेरफेरको विषयले नेकपा एसमा भाँडभैलो

काठमाडौं । पार्टीले सरकारमा सहभागी मन्त्रीहरूको अपमान गरेको भन्दै मन्त्रीसहित नेकपा एकीकृत समाजवादीका केही सांसदहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।

विषयको गाम्भीर्यतालाई नबुझी हातारमा पार्टीले अपरिपक्व निर्णय गरेको र आफूहरूमाथि अपराधीको जस्तो व्यवाहार देखाएकोमा नेताहरूले असन्तुष्टि देखाएका हुन् ।

मन्त्रीसहित एकीकृत समाजवादीका सांसदहरूले तत्काल संसदीय दलको बैठक बोलाउन अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानकर्षण गराएको सांसद कृष्णलाल महर्जनले जानकारी दिए ।

‘बजेटमाथि संसदका छलफल चलिरहेको आवस्थामा हतारमा विभागीय मन्त्रीलाई फिर्ता बोलाएर पार्टीले अपमान गरेको छ । सरकारमा सहभागी मन्त्रीहरूले फिर्ता हुन्छ भनिरहेका थिए’, उनले भने, ‘प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास भइसकेको छ । राष्ट्रियसभामा सांसदहरूले उठाएको जवाफ मन्त्रीले दिएपछि एक–दुई बजेट पास भइहाल्छ । त्यसपछि मन्त्रीहरू फिर्ता भइहाल्थे । तर पार्टीले हतारमा जुन निर्णय गर्यो त्यो ठीक भएन ।’

यस विषयमा छलफल गर्न दलका नेताले तत्काल संसदीय दलको बैठक बोलाउ महर्जनले आग्रह गरेका छन् । पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष नेपालको ध्यानाकर्षण गराउनेमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसानकुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै सांसदहरूमा कृष्णलाल महर्जन, धनबहादुर बुढा, गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ र निरादेवी जैरु रहेका छन् ।

असार १ मा बसेको नेकपा एसको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता गरी नयाँ मन्त्रीका नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको थियो ।

तर मन्त्रीहरूको दबाबका कारण प्रधानमन्त्री देउवाले उक्त पार्टीको निर्णय अहिलेसम्म कार्यान्वाय गर्न सकेका छैनन् । सरकारमा जाने र फिर्ता नुहनेबीचको विवादले पार्टी गठन भएको एकवर्ष नपुग्दै नेकपा एसभित्र भाँडभैलो मच्चिएको छ ।

यस्ता छन् असन्तुष्टपक्षका मुख्य मागहरू