NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

परराष्ट्रको जवाफ : झलनाथलाई उपचार गर्न ५८ होइन, ८९ लाख दिएका हौं

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारका लागि ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खनालको उपचार खर्चबारे सागर जोशीले माग गरेको सूचनाको जवाफ दिँदै मन्त्रालयले आर्थिक वर्ष २०७७-०७८ मा ३१ लाख र २०७८-०८९ मा ५८ लाख ५२ हजार रुपैयाँ दिइएको स्पष्ट पारेको हो ।

‘पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारको क्रममा लागेको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय भए बमोजिम उहाँको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा आर्थिक वर्ष २०७७-०७८ मा रु.३१ लाख र आर्थिक वर्ष २०७८-०७९ मा रु.५८ लाख ५२ हजार गरी जम्मा रु. ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा प्राप्त भइ नेपाली राजदुतावास नयाँ दिल्ली पठाइएको,’ जवाफमा मन्त्रालयले भनेको छ, ‘खनालको सम्पूर्ण उपचार खर्च ८१ लाख ३५ हजार ९५३ रुपैयाँ ६० पैसा रहेको छ ।’

तर, बाँकी रहेको आठ लाख १६ हजार ४७ रुपैयाँ कता गयो यस विषयमा मन्त्रालय मौन छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइनेछैन’ भन्ने लेखिएको छ ।

यसर्थ, पूर्वप्रधानमन्त्री खनालले उपचार खर्च लिएको गैरकानुनी देखिन्छ ।

यस्तो छ मन्त्रालयको जवाफ :

ताजा अपडेट

नेपालवाच विशेष