NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ असार १३ गते

श्रीलंकामा नेतामाथि आक्रोश, जनताले कुटी–कुटी लखेटे

काठमाडौं । दक्षिण एसियालीकै राष्ट्र श्रीलंकामा आर्थिक संकटले चरम रुप लिएपछि जनतामा निराशा पैदा भएको छ । त्यसको असरस्वरुप जनताहरू नेता, सांसद र राजनीतिकर्मीमाथि भौतिक आक्रामणमै उत्रन थालेका छन् ।

यसैबीच, यतिबेला एउटा तस्बिर अन्तर्राष्ट्रिय मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेको छ । एक अधबैंसे पुरुषलाई एकजना युवाले डण्डाले हान्दै लखेटिरहेका छन् । ती युवालाई पछाडिबाट अरुले पनि साथ दिइरहेका छन् । सुरक्षाकर्मी भने छेक्न खोजिरहेका छन् ।

यसरी लखेटिनेमा त्यहाँका एक सांसद रहेको बताइएको छ ।

आर्थिक संकट भोग्दै गरेको श्रीलंका सरकारले हालैमात्र मुलुक टाट पल्टिएको घोषणा गरेको थियो । त्यसबाट आक्रोशित बनेका जनताले त्यहाँका सांसदहरूलाई घरबाट निकालेर लखेटी लखेटी पिटेका थिए ।