एकीकृत समाजवादी पार्टीको विवादमा मिसिए एमाले सचिव योगेश भट्टराई

काठमाडौं । एमालेका सचिव योगेश भट्टराईले एमाले विभाजन गर्न आफूले दिएको सुझाव माधवकुमार नेपालले नमान्दा त्यसको शिकार भएको टिप्पणी गरेका छन् ।
नेकपा एसभित्र देखिएको भाँडभैलोमाथि शुक्रबार समाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै भट्टराईले पार्टी विभाजन नगर्न आफूले दिएको सुझावबारे नेपाललाई स्मरण गराएका हुन् ।
‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहिभन्दा पनि उहाँले नमाने पछि कुनैदिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टीएको पलको स्मरण भईरहेको छ’, उनले उल्लेख गरेका छन् ।
त्यतिबेला नै चिनेका खेलाडी माधव नेपाल र झलनाथ खनालले विस्तारै चिन्दै जाने भन्दै उनले आत्मबाेध र पश्चाताप कहिले गर्ने भनि प्रश्न गरेका छन् ।
‘हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ’, पूर्वनेतामाथि उनले प्रश्न गरे, ‘आत्माबोध र पश्चातप : सिर्फ कहिले ?’ मन्त्रिपरिषद हेरफेरको विषयलाई लिएर सरकारमा सहभागी मन्त्रीहरूले पार्टीको निर्णय अवज्ञा गरेपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । चार मन्त्रीसहित १० सांसदले अध्यक्ष नेपाललाई ध्यानकर्षणपत्र नै बुझाएका छन् ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया