रविले भने, ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मान्छौं’

काठमाडौं । सञ्चारकर्म छोडेर राजनीतिमा होमिएका रवि लामिछानेले वर्तमान व्यवस्थामै टेकेर राजनीति गर्ने बताएका छन् ।
व्यवस्थाभन्दा अवस्था परिवर्तन आफ्नो प्रमुख मुद्दा भएको बताउँदै उनले व्यवस्थाभित्र सुधार गर्नुपर्ने धेरै कुरा महशुस गरेको भए पनि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतासहितको संविधानलाई नै टेकेर अघि बढ्ने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि उठेका प्रश्नहरूको पत्रकार सम्मेलन गरेर जवाफ दिँदै लामिछानेले अहिलेलाई जनताको अवस्था परिवर्तन नै आफ्नो प्रमुख मुद्दा रहेको स्पष्ट पारे ।
‘व्यवस्थाभित्र सुधार गर्नुपर्ने धेरै कुरा महशुस गरेको भए पनि अहिले व्यवस्थाभन्दा अवस्था परिवर्तन नै हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने, ‘जुनसुकै व्यवस्थामा पनि सर्वसाधारण अवस्था परिवर्तन गराउन सक्छौ भन्ने हाम्रो विश्वास छ ।’
संवैधानिक समाजवाद आफ्नो प्रमुख सिद्धान्त रहेको उनले बताए ।
ताजा अपडेट
-
लोक सेवा कानूनमा के–के भयो काटकुट ?
-
जो आधाभन्दा बढी संसद् बैठकमा अनुपस्थित छन्
-
नयाँ मन्त्रीको शपथ बिहान ११ बजे
-
के छ माधव नेपालको प्रतिवेदनमा ?
-
जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया