NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

थप ४३ जनामा कोरोना पुष्टि, १८१ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५५ जनामा कोरोना परीक्षण गर्दा थप ४३ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४ जना निको भइ घर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ३५६ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।

शुक्रबार कसैको पनि मृत्यु भएको छैन् । नेपालका हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । गत २४ घण्टामा १८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.

ताजा अपडेट

नेपालवाच विशेष