NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आयल निगमसँग इन्धनमा लिइँदै आएको कर ५० प्रतिशतले घटाउन उपभोक्ता हित समितिको निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल आयल निगमसँग सरकारले विभिन्न विषयमा लिदै आएको करमा ५० प्रतिशतले घटाउन निर्देशन दिने भएको छ । समितिले आज निगमका पदाधिकारीसँग छलफल गरेर सो निर्णय गरेको हो ।

समितिले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई उक्त निर्देशन दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

इन्धनको चरम मूल्यवृद्धिबाट जनतामा पर्न गएको असरलाई मध्यनजर गरी सरकारले निगमसँग विभिन्न शीर्षकमा लिँदे आएको कर घटाउन सो निर्देशन दिन लागेको जनाएको छ ।