NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मन्त्री फिर्ता बोलाउने निर्णय भोलिदेखि कार्यान्वयन हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता माधवकुमार नेपालले मन्त्री हेरफेरको निर्णय शनिबारदेखि कार्यान्वयन हुने बताउँदै सरकारबाट फिर्ता हुन नमानिरहेका मन्त्रीहरूलाई पार्टी निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा यस्तो निर्देशन दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘उहाँ ( नेता नेपाल)ले मन्त्रीहरूलाई हामीले गरेको निर्णय आफैं कार्यान्वयन गर्न लाग्नुहोस् भन्ने सुझाव दिनु भएको छ । अरु कुरा केन्द्रीय कमिटी बैठकमा धेरै कुरा भन्छु भन्नु भएको छ,’ ‘बैठकपछि पत्रकारसँग कुरा गर्दै खतिवडाले भने, ‘आज, भोलिभित्रै कार्यन्वयन हुने कुरा भएको छ ।’

हाल एकीकृत समाजवादीबाट मन्त्री भएकासहित १० सांसदले सरकारबाट फिर्ता हुन आनाकानी गर्दै अध्यक्ष नेपालले ध्यानाकर्षण गराएका थिए । यसैलाई लिएर पार्टीभित्र विवाद चर्किएको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाक्रीले त बैठक नै बहिस्कार गरेको बताइएको छ ।

मन्त्री हेरफेरको विषयले नेकपा एसमा भाँडभैलो