NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

डेटिङ एप एस्ट्रोपड सार्वजनिक

काठमाडौं । नेपाली डेटिङ एप एस्ट्रोपड सार्वजनिक भएकाने छ । १५ देखि २२ वर्षसम्मका युवालाई लक्षित गर्दै यो एप ल्याइएको आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एस्ट्रो वेद प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) परिवेश कोइरालाले अन्य मुलुकमा सफलतापूर्वक प्रयोग गरिएपछि नेपालमा यो एप ल्याइएको जानकारी दिए ।

‘एस्ट्रोपड लोकेशनमा आधारित डेटिङ एप हो । यसले लभलाई कनेक्ट गर्छ,’ उनले भने ।

यो एपमा रीति–रिवाजका मान्यतालाई पनि ध्यान दिइएको उनले बताए ।

प्रविधि र आइडियाबाट मात्र नभइ ज्योतिष विज्ञानका माध्यमबाट पनि यो सेवा प्रदान गरिने उनको भनाइ छ ।

विदेशतिर पैसा लाग्ने भए पनि नेपालमा भने यो निःशुल्क रहेको कार्यक्रममा जानकारी दिइयो ।