NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अकुत सम्पत्ति मुद्दामा पूर्वसहसचिवलाई सफाइ

काठमाडौं । विशेष अदालतले उच्च माध्यमिक शिक्षा परिषद्का तत्कालीन सहसचिव देवीप्रसाद बाराकोटी र उनकी श्रीमतीलाई अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सफाइ दिएको छ । न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको संयुक्त इजलासले शुक्रबार यस्तो फैसला सुनाएको हो ।

अख्तियारले २५ असोज ०७४ मा बाराकोटी र उनकी पत्नी प्रमिला उप्रेतीमाथि गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा चलाएको थियो । बाराकोटीले गैरकानूनी रूपमा कमाएको सम्पत्ति श्रीमतीका नाममा राखेकाले उनलाई पनि प्रतिवादी बनाइएको थियो ।

बाराकोटीले अवकाश पाइसकेपछि उनीविरुद्ध प्रश्नपत्र छपाइका क्रममा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको उजुरी अख्तियारमा परेको थियो । छानबिनका क्रममा उनले दुई करोड दुई लाखभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएको थियो । सो सम्पत्रिमा थप एक करोड १७ लाख बडे–बढाएको भन्दै तीन करोड २० लाख बिगो माग दाबीसहित मुद्दा दायर भएको थियो । तर उनलाई विशेष अदालतले सफाइ दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।