NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

त्यसपछि मन्त्रिपरिषदमा पूर्वराजाको नाम काटकुट

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रर्वराष्ट्रपतिसरह मर्यादाक्रममा राख्ने गृह मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकार गरेको छ ।

पूर्वराजालाई मर्यादाक्रममा नराखी मन्त्रिपरिषद्ले यससम्बन्धी नयाँ सूची स्वीकृत गरेको छ ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम संशोधनसम्बन्धी गृह मन्त्रालयले गत महिना नै प्रस्ताव मन्त्रिपरिषद्मा पाएको थियो, जसमा पूर्वराजालाई मर्यादाक्रमको छैटौं स्थानमा राख्ने गृहको प्रस्ताव थियो । तर पूर्वराजालाई पूर्वराष्ट्रपतिकै हैसियतबराबरको मर्यादाक्रममा राख्दा विवाद हुनसक्ने भएकाले हटाइएको मन्त्रिपरिषद् स्रोतले बतायो ।

मन्त्रिपरिषद्ले स्वीकृत गरी मर्यादाक्रम संशोधनको प्रस्ताव मन्त्रिपरिषद्को प्रशासनिक समितिमा पठाइएको छ । छैटौंमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति , पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मनित्रपरिषद्का पूर्वअध्यक्षलाई राखिएको छ । यही मर्यादाक्रममा पूर्वराजालाई राख्नुपर्ने गृह मन्त्रालयको निष्कर्ष थियो ।

गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको नेतृत्वमा एक समिति गठन गरी संशोधन प्रक्रिया अघि बढाएको थियो । यसअघि वैशाख १६ वैशाख २०७६ मा मर्यादाक्रम प्रकाशन भएको थियो । त्यसमा प्रदेशका कतिपय पद छुटेको र केहीमा तलमाथि आवश्यक रहेको गुनासोका आधारमा यस्तो समिति बनेको थियो ।

यसअघिको समितिमा पूर्वराजालाई छुटाइएको भन्दै आलोचना भएपछि यसपटक समेटिएको थियो । संसदीय निर्वाचनको मुखमा सरकारले पूर्वराजालाई सम्मान दिन खोजेको सन्देश जानसक्ने भएकाले यस विषयमा तत्काल कुनै निर्णय नगरिएको एक मन्त्री, बताउँछन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।