NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

दुई सातामै कोरोना तेब्बर, सतर्क रहन अस्पताललाई पत्र

काठमाडौं । दुई सातायता कोभिडको संक्रमण दरमा झण्डै तीन गुणाले वृद्धि भएको छ । गत जेठ २९ मा कोभिड संक्रमण दर ०.५५ प्रतिशत मात्र थियो । दुई सातामै शनिबार त्यो दर १.४९ प्रतिशत पुगेको छ । पछिल्लो पटक असार ६ गते संक्रमण दर १.१३ प्रतिशत पुगेको थियो । संक्रमण दर उकालो लागेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ ।

दुई साताअघि २९ जेठमा १०६ जना संक्रमित रहेकामा शनिबार त्यो संख्या बढेर १८८ पुगेको छ ।

त्यस्तै सघन उपचार कक्षमा भर्ना हुने कोभिड–१९ बिरामीको संख्यासमेत चार पुगेको छ । ६ दिनअघि एक जना मात्र सघन उपचारमा थिए ।

विज्ञहरूका अनुसार संक्रमण बढ्ने दर दुई महिनादेखि नै सुरु भए पनि एक सातायता तीव्र बनेको हो । कोभिडको केस बढेपछि सबै अस्पताललाई सतर्क हुन पत्र पठाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए ।