NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कोरोना बीमाको भुक्तानी दिन उच्च अदालतको परमादेश

काठमाडौं । कोरोना बीमामा विमितलाई मुक्तानी दिन उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले परमादेश जारी गरेको छ ।

कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीका नाममा परमादेश जारी गरिएको उच्च अदालत तुलसीपरअन्तर्गत नेपालगञ्ज इजलासका सूचना अधिकारी नारायणदत्त ओझाले जानकारी दिए ।

कोरोना बीमाको रकम भुक्तानी माग गर्दै दायर रिटमा अन्तिम सुनुवाइ गर्दौ न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीका नाममा उक्त आदेश जारी गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष