NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

‘ढुक्क हुनुस्, ४० कटेकाहरूले आगामी चुनाव जित्दैनन्’ – मियाँ

काठमाडौं । युवा नेता अब्दुस मियाँले प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नं ६ बाट औपचारिक रूपमा स्वतन्त्रतर्फबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसअघि विवेकशील साझको सचिवालय सदस्यसमेत रहेका २८ वर्षिया मियाँले पार्टी त्याग गरेर चुनावमा होमिने निर्णय गरेका हुन् ।

मियाँले औपचारिक उम्मेदवारी घोषणामार्फत आफ्ना केही चुनावी एजेण्डालाई अघि सारेका छन् । उनको एजेण्डामा नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्तावलाई अघि बढाउने, गरिखाने उद्यमशील समाज निर्माणका लागि नीतिगत तथा प्रशासनिक झन्झटलाई मुक्त गर्ने, जलवायु परिवर्तन्, युबिआइलगायतका मुद्दा प्राथामिकतामा छन् ।
अब काम गर्ने पालो युवाको भएको भन्दै उनले यो प्रतिनिधीसभा चुनावमा ४० केटकाहरूले चुनाव नजित्ने दाबी गरेका हुन् ।

शनिबार उम्मेद्वारी घोषणा कार्यक्रमबीच उनले काठमाडौंका दश निर्वाचन क्षेत्रमा ४० कटेकाहरूले चुनाव जित्ने सम्भावना नरहेको उनले बताए । ‘काठमाडौंमा कम्तीमा काठमाडौंका दशवटा निर्वाचन क्षेत्रमा ४० कटेकाले चुनाव जित्नेवाला छैनन् । यो मेरो चुनौती हो । अब हाम्रो पालो आयो,’ उनले भने, ‘मेरो प्रतिस्पर्धीहरू दुईपटकसम्म सांसद, मन्त्री भएकाहरू हुनुहुन्छ । उहाँहरूका कार्यकता भेट हुँदा यत्तिको प्रतिस्पर्धीसँग जित्दैनौ भन्दै हतोत्साही बनाउनुहुन्छ । उहाँहरू सांसद र मन्त्री बन्नु भन्दा पनि बनेर के गर्नुभयो भन्ने विषय महत्वपूर्ण हो ।’

आफ्नो उम्मेदवारीलाई केवल एउटा सांसद बन्ने महत्वकांक्षाका रूमा आँकलन नगरिन उनले आग्रह गरेका छन् । बरू यो युवाहरूले स्वतन्त्र उम्मेदवारीमार्फत गरेको विद्रोह भएको उनको निष्कर्ष छ ।

सिद्धान्तविहीन राजनीतिज्ञहरूलाई यो देशको सार्वजनिक नीति बनाउन अब छुट नभएको बताउँदै उनले भने, ‘ यो देशमा यो नेताले यस्तो कानुन ल्याएर यस्तो भयो भनेर सम्झिन सक्ने अवस्था छ ?’

जिम्मेवारी निर्वाह नै नगर्नेलाई हामीले निर्वाचित गरेर पठाका कारण यो उनीहरूविरद्धको विद्रोह भएको उनले बताएका छन् । ‘देशमा सबैतिर सिद्धान्तविहीन नेताहरूले राज गरे । अब उनीहरुले सार्वजनिक नीति बनाउने होइन,’ उनले भने, ‘अब युवाहरूले बनाउने हो । म चुनौती दिएर भन्न चाहन्छु ।काठमाडौंमा बालेनको जीतले यो स्पष्ट संकेत दिइसकेको छ ।’

यो चुनाव स्वतन्त्रतर्फकबाट युवाहरूको सहभागिता बढाउनका लागि निकै महत्वपूर्ण समय भएका उनले बताए । मियाँले देशभर रहेका १६५ वटै निर्वाचन क्षेत्रबाट युवाहरूलाई उम्मेदवारी दिन आग्रह गरेका छन् ।

‘हामी इतिहासको एउटा यस्तो बिन्दुमा छौं जहाँ युवाहरूको जनसंख्या बढी छ । यस्तो अवस्थामा पनि हामीले त्नि सकेनौं भने भविष्यमा फेरि यस्तै अवसर आउँछ भन्ने छैन,’ उनले भने, ‘त्यसैले यो सही समय हो । देशलाई इमान्दार, भ्रष्टाचार नगर्ने, जनताप्रति उत्तरदायी, भविष्य बोकेका युवालाई समर्थन गरिदिनुस् ।’

यसअघि जनताले चुनाव जिताएर पठाएका उम्मेदवारलाई हराउने सामथ्र्य पनि जनतासँगै हुँदा पार्टीको नाम लिएर घमण्ड नगर्न उनको चुनौती छ । ठूलो पार्टी, धेरै शक्तिको घमण्डालाई स्थानीय तह निर्वाचनामा बालेन शाह र हर्क साम्पाङको जीतले तहन नहश पारिसकेका उनले बताए ।