NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

निर्धारित समयमा गुणस्तरीय काम गर्ने राउत कन्ट्रक्सनका सञ्चालक सम्मानित

भोजपुर । पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ ।

तोकिएको मापदण्डअनुसार निर्धारित समयमा काम सम्पन्न गरेको भन्दै राउत कन्ट्रक्सनका सञ्चालक कुलबहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो ।

पौवादुङमा गाउँपालिकाको मुख्य सडकका रुपमा रहेको तिवारीभञ्ज्याङ–च्याङ्ग्रे–मानेडाँडा अँधेरीघाट ३५ किलोमिटर सडकमध्ये १३ किमी स्तरोन्नतिको काम तोकिएका समयमा सम्पन्न गरेकाले राउतलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए।

उनले भने “हामीले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेका छौँ । यसले राम्रो काम गर्ने व्यवसायीलाई काम गर्न थप ऊर्जा मिल्नेछ ।” सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इञ्जिनीयरले नियमित अनुगमन तथा आवश्यक सहयोग पुर्‍याइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराइले बताए।

पालिकाको सम्मानले आफूलाई काम गर्ने थप ऊर्जा मिलेको राउत कन्ट्रक्सनका सञ्चालक राउतले बताए । स्थानीयवासी, गाउँपालिकाका कर्मचारीलगायतको सहयोगमा समयमै काम सम्पन्न गर्न सफल भएको उनको भनाइ छ ।