NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ललितपुर महानगरभित्र ठेलामा पानीपुरी र चटपटे बेच्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा हैजा फैलिएसँगै सर्तकता अपनाइएको छ । यसैबीच, हैजवा फैलिनबाट रोक्न भन्दै ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी र चटपटे बेच्न रोक लगाएको छ ।

पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा विज्ञहरूले औँल्याइरहेका छन् । यससँगै ललितपुरका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।

अब अर्को निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी र चटपटे बेच्न पाइने छैन । यसैलाई मध्यनजर गर्दै नगर प्रहरीले ठेलामा पानीपुरी र चटपटे बेच्नेहरूलाई महानगरबाट हटाएको छ ।