NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाल आए चर्चित ट्राभल भ्लगर (भिडियोसहित)

काठमाडौं । चर्चित युट्युबर तथा ट्राभल भ्लगर डाले फिलिप नेपाल आएका छन् ।

शनिबार नेपाल आएका उनले एक घण्टा २७ मिनेट लामो भिडियोसमेत युट्युबमा राखिसकेका छन् । जहाँ उनले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएमा विभिन्न दृश्य समेटेका छन् ।

फिलिपले धेरै देशका विभिन्न ठाउँमा गएर ट्राभल भ्लग बनाएका छन् । उनको भ्रमणले नेपालको पर्यटनमा सघाउ पुग्ने विश्वास गरिएकाे छ ।

स्कटिस नागरिक फिलिपले नेपालको पहिलोपटक भ्रमण गरेको जनाएका छन् ।

हेरौं भिडियो :