NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अख्तियारद्वारा रौतहटका जनप्रतिनिधिसहित २१ जनाविरूद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग आइतबार २१ जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले रौतहटस्थित फतुवा विजयपुर नगरपालिकाका नगरप्रमुख गोपाल राय यादव, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरू, वडा अध्यक्षहरू र नगर कार्यपालिका सदस्यसमेत २१ जना विरूद्ध मुद्दा दायर गरेको हो ।

रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाबीच लालबकैया नदीको संयुक्त रूपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र त्यसबाट प्राप्त नाफा बाँटफाँट गर्ने सम्झौता भएको थियो । फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम वाँडफाँड गर्ने निर्णय भएको थियो । तर, फतुवा विजयपुर नगरपालिकाले ठेक्का नै रद्द गरी नगरपालिकालाई नोक्सानी पु¥याएको अनुसन्धानमा देखिएको छ ।

उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईँ, न्यूपाथीभरा सप्लायर्स हेटौंडा–४, मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र उक्त सप्लायर्स कम्पनीउपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर भएको हो ।

न्युपाथीभरा सप्लायर्स, हेटौंडासँग सम्झौता पत्रमा उल्लेख भएबमोजिमको सर्तहरू पूरा नगर्दा पनि नियमित रूपमा गिट्टी बालुवा उत्खनन्, बिक्री वितरण कार्य गर्न दिँदा यसमा उपमहानगरपालिकाका कर्मचारीहरूको समेत संलग्नता थपिएको हो ।

यसबारे अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईँले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्री गर्ने गरी न्युपाथीभरा सप्लायर्स हेटौँडा–४, मकवानपुरसँग सम्झौता गरेका थिए ।

सम्झौता गर्दा दुई किस्तावापत हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत लिनुपर्ने थियो । तर, सेढाईँले सो नलिई सम्झौता गरे । सम्झौता गरेदेखि हालसम्म दाखिला गर्न बाँकी रकम १ लाख २० हजार २८ हजार ९० रुपैयाँ नगरपालिकाको राजस्व रकम चुहावट हुन गएको पाइएको हो ।

सेढाईँसहित २१ जनालाई त्यति नै रकम माग दाबी गरिएको छ ।