NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जग्गा हालसाविक गर्न घुस लिने अमिनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भैरह्वास्थित नापी कार्यालयमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रायमाझीले जग्गाको हालसाविक गर्ने नाममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । उक्त उजुरीको आधारमा अनुसन्धान गर्ने क्रममा रायमाझीले ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा तीस हजार रूपैयाँ मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

अख्तियारद्वारा रौतहटका जनप्रतिनिधिसहित २१ जनाविरूद्ध मुद्दा दायर