NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

थप २९ जनामा काेराेना पुष्टि, १९२ सक्रिय संक्रमित

काठमाडाैं । पछिल्लाे २४ घण्टामा थप २९ जनामा काेराेना पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७३० जनामा काेराेना परीक्षण गर्दा २१ जना पिसीआर विधिमा र ८ जना एन्टीजेन विधिमा गरी २९ जनामा काेराेना भाइरस देखिएकाे हाे ।

त्यस्तै गत २४ घण्टामा १७ जना काेराेनामुक्त भएका छन् । याे सँगै काेराेनामुक्त हुनेकाे कुल संख्या ९ लाख ६७ हजार ३८९ पुगेकाे छ ।

गत २४ घण्टामा काेराेनाबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । नेपालमा हालसम्म काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९५२ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा नेपालमा सक्रिय संक्रमितकाे संख्या १९२ छ भने काेराेनाविरूद्ध खाेप लगाउनेकाे संख्या ५ ७ हजार ७२४ रहेकाे छ ।

 

No photo description available.