NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

इस्लामिक राष्ट्र कतारले लगाउँदैछ विश्वकप हेर्न जानेलाई यस्ता नियम

काठमाडौं । खाडी राष्ट्र कतारमा आगामी नोभेम्बरदेखि २२ औँ संस्करणको विश्वकप सुरु हुँदैछ । इस्लामिक देश भएकाले कतारले विश्वकप फुटबल हेर्न जाने दर्शकलाई विभिन्न कडा नियम लगाएको छ ।

यसै वर्षको नोभेम्बर २१ मा सुरु हुन लागेको विश्वकप हेर्न जाने दर्शकलाई आयोजक कतारले यसअघि नलगाइएका नियम लगाएपछि विवाद भएको छ । विशेषगरी, पश्चिमा राष्ट्रका सञ्चारमाध्यमले नियमको आलोचना गरिहेका छन् ।

यस्ता छन् नियम :

– मदिराजन्य पदार्थ, लागुपदार्थ, पोर्नोग्राफी, गैरइस्लामिक धार्मिक पुस्तक लान प्रतिबन्ध गरिएको छ । साथै ई–सिगरेटमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

– विश्वकपका लागि पूर्ण रुपमा मदिरा निषेध गरिएको भने छैन । तर सीमितको मात्र अल्कोहलमा पँहुच हुनेछ । लाइसेन्स प्राप्त रेस्टुँरामा मात्र मदिरा सेवन गर्न पाइन्छ । सेवनका लागि लागि कानुनी रुपमा २१ वर्ष उमेर पूरा भएको हुनु पर्छ । कानुन उल्लंघन गरेमा ८१५ अमेरिकी डलर जरिवाना वा ६ महिना जेल सजाय तोकिएको छ ।

– सार्वजानिक स्थलमा पूरै शरीर ढाक्ने लुगा लगाउनु पर्नेछ । सार्वजनिक स्थलमा पुरुषलाई पनि छोटा लुगा बन्देज गरिएको छ।

– साथै, कतारमा समलिंगी प्रवेशलाई अवैध मानिएको छ । यसअघि विश्व फुटबल महासंघ (फिफा)को अफिसियल सूचीमा सूचीकृत ६९ होटलमध्ये ३ होटलले समलिङ्गी जोडीले गरेको बुकिङ खारेज गरेका थिए ।

अब विश्वकपको स्क्वाडमा २६ खेलाडी