NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मन्त्री पद छोड्दैगर्दा भक्कानिइन् झाक्री

काठमाडौं । पदबाट राजीनामा दिने जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहरी विकासमन्त्री रामकुमारी झाक्री निकै भावुक देखिइन् ।

बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेपछि आयोजना गरिएको बिदाइ कार्यक्रममा उनले पटक–पटक आँशु पुछिन् ।

मन्त्रालयले गरेका उपलब्धीबारे जानकारी दिन गरिएको कार्यक्रम भए पनि उनले खासै महत्वपूर्ण कुरा बोलिनन् ।

आफू बोल्न सक्ने हालतमा नभएको भन्दै उनले कार्यक्रममा सम्बोधन नै गरिनन् ।

मन्त्री झाक्री कागजमा घोत्लिँदै लामो समयसम्म भावुक बनेकी थिइन् । आँशु आएपछि उनले नेपकिनले आँखासमेत पुछिन् ।

मन्त्रालयका कर्मचारीले झाँक्रीलाई बुद्धको मुर्ति उपहार दिँदै खादा लगाएर बिदाइ गरेका थिए ।