NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रविको दलमा धादिङबाट मात्रै चार केन्द्रीय सदस्य, तीन डाक्टर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीमा धादिङबाट मात्र चार जना परेका छन् । केन्द्रीय कमिटीमा चार डाक्टर पनि समेटिएका छन् ।

धादिङका डोलप्रसाद अर्याल, उपेन्द्र पाण्डे, वसुमाया तामाङ र विष्णुकुमार श्रेष्ठलाई लामिछानेले केन्द्रीय सदस्यमा छनोट गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सदस्यीय केन्द्रीय कमिटीमा तीनजना डाक्टर छन् । मोरङका डा. मुकुल ढकाल, लमजुङका डा. प्रभात अधिकारी र सिराहाका डा. राकेश यादव स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य हुन् ।