NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

जो आधाभन्दा बढी संसद् बैठकमा अनुपस्थित छन्

जनताको मतले निर्वाचित भएर प्रतिनिधिसभा पुगेका सांसदहरू निकै कम मात्रामा बैठकमा सहभागी हुने गरेको पाइएको छ । यसमा सबैभन्दा अगाडि शीर्ष नेता छन् ।

कान्तिपुर दैनिकका अनुसार, आधाभन्दा बढी बैठकमा २७ शीर्ष नेता अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली समान ७७ बैठकमा सहभागी र २१९ मा गएल भएका छन् ।

निकै कम उपस्थित हुनेको तेस्रो, चौथो र पाँचौंमा क्रमशः जसपाका सूर्यनारायण यादव, कांग्रेसका अभिषेकप्रताप शाह र एमालेका गोकर्णराज विष्ट छन् । यादव ९२, शाह ९४ र विष्ट १०० दिनमात्र सहभागी भएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष प्रचण्ड १० ३ र उनकी बुहारीसमेत रहेकी कञ्चनपुरबाट संसदमा प्रतिनिधित्व गर्ने बिना मगर १०४ बैठकमा मात्र समभागी भएको रकेडर्ममा देखिन्छ ।

माओवादीका शिवकुमार मण्डल, जसपाका मो. इस्तियाक राई र कांग्रेसका किशोर राठौंर पनि संसदमा कम उपस्थित हुने सांसदमा पर्छन् ।

 

संसदको बैठकमा ५० प्रतिशतभन्दा बढी अनुपस्थित हुने सांसदहरूमा धनबहादुर बुढा, नागेन्द्र कुमार, सुरेन्द्रकु्मार यादव, उपेन्द्र यादव, कर्मा घले, विनोद चौधरी, रेणुकुमारी यादव, जगतबहादुर सुनार, चक्रपाणि खनाल र सीताराम महतो छन् । त्यसैगरी प्रदिप गिरि, गोकुल बाँस्कोटा, शरतसिंह भण्डारी, प्रमोद साह, शनिबहादुर बस्नेत, छविलाल विश्वकर्मा र देवेन्द्रराज कँडेल पनि संसद बैठकमा ५० प्रतिशभन्दा कम उपस्थित छन् ।