NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मनसुनमा छालाको सुरक्षा कसरी गर्ने ?

काठमाडौं । अन्य समय झै मनसुनको समयमा पनि छालाको सुरक्षा गर्न आवश्यक छ । मौसमअनुसार छालालाई उचित हेरचाह गर्नुपर्छ र मनसुनको समयमा अझ बढी यसलाई ध्यान दिनुपर्छ । यस सिजनमा गर्मीका कारण धेरै पसिना आउनाले छालामा चिल्लोपना बढ्छ ।

छालामा चिल्लोपन बढ्दा चाया, पोतो, छालासम्बन्धी संक्रमण आदिले यसलाई बिगार्छ । यदि तपाईको छालामा बढी तेलीय पदार्थ आउँछ भने यस्तो छालामा धुलोमाटोले सजिलै संक्रमण गराउँछ । त्यसैले यस्तो मौसममा छालाको स्याहारमा विशेष ध्यान दिनुपर्छ ।

यस्ता छन् छालाको सुरक्षा गर्ने घरेलु उपायः

१) दिनहुँ काँचो दुधले अनुहार सफा गर्नु पर्छ ।

२) गुलाब जलमा मुल्तानी माटोको प्रयोग गर्नाले अनुहारमा चमक आउने गर्छ ।

३) चन्दनको पेस्टको प्रयोग गर्नुपर्छ ।

४) दही र ओट्सको पेस्ट अनुहारमा लगाउनाले पनि छालामा निखारता ल्याउँछ ।

५ं) फिटकिरी पानीमा नुहाउनाले छालालाई सुन्दर बनाउनाका साथै स्वथ्य राख्न मद्त गर्छ ।

ताजा अपडेट

नेपालवाच विशेष