NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

जसपा विवाद उत्कर्षमा, उपेन्द्र समूहद्वारा भट्टराईमाथि कारबाही गर्ने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहबीच केही समयदेखि जारी विवाद उत्कर्षमा पुगेको छ । उपेन्द्र यादव समूहले त बाबुराम भट्टराईलगायत उनीपक्षीय केही नेतामाथि कारबाही गर्ने निर्णय नै लिएको छ ।

जसपाको यादवपक्षीय नेताको गएराति सम्पन्न बैठकले भट्टराईलगायत नेतामाथि कारबाही गर्ने निर्णय गरेको हो ।

बाबुराम भट्टराई र उनीपक्षीय केही नेताले पार्टी अनुशासनविपरीत काम गरेकाले कारबाही गर्ने निर्णय गरिएको जसपाका एक नेताले जानकारी दिए ।

यादव समूहको यो निर्णयलाई जसपा विभाजनका लागि चालिएको कदम ठानिएको छ ।

सहमतिमा पार्टी सञ्चालन गर्नुपर्नेमा त्यसो नगरी एकलोटी गरेको भन्दै भट्टराई पक्ष उपेन्द्र समूहसँग रुष्ट रहँदै आएको छ । पछिल्लो समय भट्टराई समूहले यादवबाट कार्यकारी अधिकार खोस्ने तयारी गरिरहेका छन् । यसका लागि यो समूहले हस्ताक्षर अभियान नै चलाइरहेको छ । पार्टीमा हाबी हुनेगरी भट्टराई समूहले गतिविधि सञ्चालन गरेपछि यादवले यस्तो कदम चालेका हुन् ।