NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जननेता भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदैछ ।

जन्मजयन्ती मनाउन एमालेका जनसङ्गठनहरू र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम तय गरेका छन् । जयन्तीलाई साताव्यापीरूपमा मनाउन फाउण्डेशनले असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ ।

फाउण्डेशनले आज मुख्य कार्यक्रमका रूपमा ‘जनताको बहुदीय जनवाद राष्ट्र निर्माणको आधार’ विषयमा विचारगोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ ।

वि.स २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा नेता भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।