NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

मन्त्री फेरिएपछि बस्दै मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रीहरू फेरिएपछि मंगलबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । नेकपा एकीकृत समाजवादीका चार मन्त्री फेरिएपछि मंगलबार मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी बालुवाटार स्रोतले दिएको छ ।

नियमित रुपमा सोमबार मन्त्रिपरिषद् बैठक बस्नुपर्ने थियो । तर सोमबार नबसेपछि आज दिउसो ३ बजे बैठक बस्न लागेको हो ।

सोमबार समाजवादीका तर्फबाट पर्यटनमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङले मन्त्रीको सपथ लिएका थिए । त्यस्तै, श्रम तथा रोजगारमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीले सपथ लिएका थिए ।

विवादका बीच समाजवादीका मन्त्री फेरिएका थिए । कांग्रेसमा पनि नयाँ अनुहारलाई मन्त्री बनाउन दबाब छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नयाँलाई अवसर दिने मनस्थिति बनाएका छैनन् ।