NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सक्खर र चिनीमा कुन स्वस्थकर ?

काठमाडौं । दैनिक जीवनमा हामी सक्खरभन्दा चिनीको प्रयोग बढी मात्रामा गर्ने गर्छौं । दिनहुँ चियादेखि अन्य गुलियो खानेकुरामा हामी सक्खरको प्रयोग गर्दैनौं । चिनी र सक्खर दुवै उखुबाट बन्ने गर्छ । तर दुवैको बनाउने तरिका भने फरक फरक हुन्छ । त्यसैले यी दुवैमा पाइने तत्व पनि भिन्न हुन्छ ।

सक्खरमा अर्गानिक चिनीको प्रयोग गरिएको हुन्छ । यसमा अत्याधिक मात्रामा भिटामिन तथा खनिज पदार्थ प्राप्त हुन्छ । आयुर्वेदमा सक्खरको फाइदा अधिक हुने उल्लेख गरिएको छ । साथै सक्खरको प्रयोग औषधिमा समेत गरिएको हुन्छ ।

राम्रो गुणस्तको सक्खरमा ७० प्रतिशत टेबल सुगर हुन्छ भने चिनीमा ९९.९ प्रतिशत टेबल सुगर हुन्छ । पोषणविद्का अनुसार चिनीमा प्रोटिन, फ्याट, मिनिरल्स तथा भिटामिन हुँदैन ।

तर सक्खरमा टेबल सुगर, फ्रुक्टोस, ग्लुकोज, प्रोटीन, पोटासियम, म्याग्नेसयिम, क्याल्सियम, फास्फोरस, आइरन, भिटामिन ए, ई र सी हुन्छ । त्यसैले सक्खर पचाउन समय लाग्छ भने चिनी सहज हुन्छ ।

सक्खरले व्यक्तिलाई चिनीले भन्दा लामो समयसम्म उर्जा दिन्छ । चिनीले केही समयमा नै मानिसमा थकान महसुस गराउने गर्छ । तर सक्खरले स्वस्थ्य राम्रो गर्दछ भन्दैमा यसलाई अधिक मात्रामा खानु हुँदैन ।

सक्खरको बढी प्रयोगले शरीरमा बेफाइदा गर्छ । अनुसन्धानले चिनीको तुलनामा दैनिक जीवनमा सक्खरको प्रयोग लाभदायिक हुने प्रमाणित गरेको छ ।

एकपटकमा सक्खर सय ग्राम खानाले ३४० क्यालोरी उर्जा आउने अध्ययनले देखाएको छ । सक्खरको बढी प्रयोगले व्यक्ति मोटोपनको सिकार हुने, मधुमेह तथा हृदयघात हुने जस्ता समस्या देखा पर्छन ।