NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी उत्कृष्ट खेलाडी जो यो वर्ष विश्वकपको महासंग्राममा उत्रन पाउने छैनन्

काठमाडौं । कतारमा २२ औँ संस्करणको फिफा विश्वकपको महासंग्राम सुरु हुन पाँच महिनामात्र बाँकी छ । यसैबीच ३२ वटै राष्ट्र छनोट भएको पनि दुई साता पुगिसकेको छ । विश्वकप विश्वकै उत्कृष्ट खेलाडीले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता हो ।

यद्यपि, योपटक आफ्नो राष्ट्र छनोट नभएका कारण विश्वका केही उत्कृष्ट र नाम चलेका खेलाडीले विश्वकप गुमाउने भएका छन् । हेरौं ती खेलाडी को–को छन् ?

१. अर्लिङ हालाण्ड (नर्वे)

Erling Haaland shows how he will solve Man City issues with recent Norway goals - Alex Brotherton - Manchester Evening News

नर्वेका स्ट्राइकर अर्लिङ हालाण्ड अहिलेका सबैभन्दा उत्कृष्ट युवा स्टार फुटबलर हुन् । जर्मन क्लब बोरुसिया डर्टमुण्डबाट तहल्का मच्चाइरहेका उनी विश्वकप खेल्नबाट भने बञ्चित भएका छन् । उनको राष्ट्रिय टोली नर्वे छनोट हुन नसकेपछि उनले विश्वकप खेल्न नपाउने भएका हुन् ।

युरोपियन छनोटमा नर्वे रहेको समूह जीबाट नेदरल्याण्ड्स छनोट भएको छ । नर्वे समूहमा तेस्रोमात्रै भयो ।

भविश्यमा बालोन डि‘ओर जित्नसक्ने खेलाडीका रुपमा हेरिएका २१ वर्षीय हालाण्डले नर्वेका लागि २१ खेल खेलेर २० गोल गरिसकेका छन् ।

२. मोहम्मद सलाह (इजिप्ट)

मोहम्मद सलाह वर्तमानमा अफ्रिका महादेशका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । इंग्लिस क्लब लिभरपुलका फरवार्ड सलाहको देश इजिप्ट विश्वकपमा छनोट हुन सकेन । हाल बायर्न मुनिखमा गएका लिभरपुलकै तत्कालीन स्टार साडियो मानेको सेनेगलसँग पराजित हुँदै इजिप्ट विश्वकप दौडबाट बाहिरियो ।

सलाहले क्लब स्तरबाट सबै ठूला प्रतियोगिता जिते पनि अन्तर्राष्ट्रिय स्तरमा भने असफल हुँदै आएका छन् । योपटक त विश्वकपमा स्थान बनाउनबाटै बञ्चित भए । राष्ट्रिय टोलीको कप्तान पनि रहेका सलाहले इजिप्टका लागि ८५ खेलबाट ४७ गोल गरेका छन् ।

३. जियानलुइजी डोनारुमा (इटाली)

Gianluigi Donnarumma reacts furiously following Italy's 5-2 defeat to Germany - New York Daily Paper

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का गोलकिपर जियानलुइजी डोनारुम्मा पनि योपटक विश्वकपमा देखिने छैनन् । गत वर्षको युरोकपमा सर्वोत्कृष्ट खेलाडीसमेत भएका डोनारुमाको देश इटाली योपटक पनि विश्वकपमा छनोट हुन सकेन । सन् २०१८ को विश्वकपमा पनि ४ पटकको विजेता इटाली छनोट भएको थिएन । यसले गर्दा विश्वकै उत्कृष्ट गोलकिपर डोनारुमा विश्वकप खेल्नबाट बञ्चित भएका हुन् ।

युरोपियन छनोटको समूह सीमा रहेको इटाली स्विटजरल्याण्डसँग पछि पर्दै प्ले अफमा धकेलिएको थियो । त्यसपछि उत्तरी मेसेडोनियाजस्तो सानो टोलीसँग प्ले अफको सेमिफाइनलमै पराजित हुँदै विश्वकपमा छनोट हुनबाट असफल भएको हो ।

४. रियाद माहिरेज (अल्जेरिया)

Watch stunning Riyad Mahrez strike as Algeria held | OneFootball

रियाद माहिरेज इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट खेल्ने विश्वकै उत्कृष्ट विंगरमध्ये एक मानिन्छन् । उनी लगातार दोस्रो विश्वकप खेल्नबाट बञ्चित भएका छन् । उनको देश अल्जेरिया छनोट हुन नसकेपछि उनी विश्वकपमा रंगमञ्चमा पुग्नबाट बञ्चित भएका हुन् ।

यसअघि सन् २०१८ मा भएको विश्वकपमा पनि अल्जेरिया छनोट हुन सकेन । योपटक प्ले अफमा क्यामरुनसँग पराजित हुँदै अल्जेरिया विश्वकपमा पुग्नबाट बञ्चित भएको हो ।

राष्ट्रिय टोलीको कप्तानसमेत रहेका माहिरेजले अल्जेरियाका लागि ७५ खेल खेल्दै २६ गोल गरेका छन् ।

५. डेभिड अलाबा (अष्ट्रिया)

Euro 2020: Austria's Star Player - Profiling Wunderteam's Mr Versatile David Alaba | 90min

डेभिड अलाबा विश्वकै उत्कृष्ट सेन्ट्रल डिफेण्डर मानिन्छन् । सन् २०२० मा उनले जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन्स लिग जिताउन राम्रो भूमिका खेलेका थिए । अहिले पनि उनले स्पेनिस क्लब रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जिते ।

यद्यपि, अलाबा पनि यसै वर्षको नोभेम्बरमा कतारमा हुने विश्वकपमा देखिने छैनन् । कारण, उनको देश अष्ट्रिया छनोट हुन सकेन । युरोपियन छनोटको समूह जीमा रहेको अष्ट्रिया चौथोमात्र भयो ।

डिफेन्डिङ मिडफिल्डरबाट पनि खेल्ने गरेका अलाबाले अष्ट्रियन राष्ट्रिय टोलीबाट ९४ खेल खेल्दै १४ गोल गरेका छन् ।

६. मार्को भेराटी (इटाली)

It Will Certainly Be a Very Difficult Match' — Verratti Previews Italy's Euro 2020 Round of 16 Clash With Austria - PSG Talk

आफ्नो देश इटाली छनोट नभएपछि पिएसजीका मिडफिल्डर मार्को भेराटीले पनि विशवकप खेल्न नपाउने भएका छन् ।

२९ वर्षीय भेराटीले इटालीका लागि ४९ खेल खेल्दै ३ गोल गरिसकेका छन् । उत्कृष्ट खेलाडी हुनका बाबजुद भेराटी यो वर्ष कतारको विश्वकपमा देखिने छैनन् ।

७. जाल्टन इब्राहिमोभिच (स्विडेन)

Zlatan Ibrahimovic Drops Sweden Return Hint Ahead Of Euros | Football News

सदाबहार स्ट्राइकर जाल्टन इब्राहिमोभिच अहिले उत्कृष्ट लयमा थिए । उनले उच्च प्रदर्शन गरेपछि उनको क्लब एसी मिलानले धेरै वर्षपछि इटालियन लिग सिरी ए जित्यो । तर, यो लय उनले विश्वकपमा देखाउन नपाउने भएका छन् ।

इब्राहिमोभिचको देश स्विडेन युरोपियन छनोटको प्ले अफभन्दा अघि बढ्न सकेन । समूहमा बीमा रहेर स्पेनभन्दा पछि परेर प्ले अफमा धकेलिएको स्विडेन प्ले अफ फाइनलमा पोल्याण्डसँग पराजित हुन पुग्यो । यससँगै अन्तिम विश्वकप खेलेर विदा हुने इब्राहिमोभिचको चाहना समाप्त भयो ।

४० वर्षीय इब्राहिमोभिच स्विडेन राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हुन् । उनले १२१ खेलबाट ६२ गोल गरेका छन् ।

८. जान ओब्लाक (स्लोभेनिया)

Atletico Madrid goalkeeper Jan Oblak did not know much about triple-save - Eurosport

एट्लेटिको म्याड्रिडका जान ओब्लाक वर्तमान विश्वकै उत्कृष्ट गोलकिपर मानिन्छन् । तर, उनले अन्तर्राष्ट्रिय करिअर भने सफल हुन सकिरहेको छैन । उनकाे देश स्लोभेनिया योपटक पनि विश्वकपमा छनोट हुन सकेन । यसले गर्दा उनी विश्वकपको रंगमञ्चमा आफ्नो कला देखाउन नपाउने भएका छन् ।

युरोपियन छनोटको समूह एचमा रहेको स्लोभेनिया तेस्रो स्थानमा मात्र रह्यो । यो समूहबाट क्रोएसिया छनोट भयो ।

ओब्लाकले स्लोभेनियाका लागि ५० खेल खेलिसकेका छन् ।

९. लुइस डियाज (कोलम्बिया)

Luis Diaz: Legendary Argentine Manager Questions Why Liverpool Spent £50m On The Colombia Star - Golf Single Player

कोलम्बियन फरवार्ड लुइस डियाज पोर्चुगिज क्लब पोर्टोबाट गत वर्षमात्रै लिभरपुल आएका हुन् । गत वर्षको कोपा अमेरिकाको सेमिफाइनलमा लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध उत्कृष्ट गोल गरेपछि उनी सबैको नजरमा परेका हुन् ।

तर, डियाजले विश्वकपमा खेल्न नपाउने निश्चित भएको छ । दक्षिण अमेरिकी छनोटमा उनको देश कोलम्बिया छैटौं स्थानमा सीमित भएपछि पहिलोपटक विश्वकप खेल्ने सपना सकिएको हो ।

२५ वर्षीय डियाजले कोलम्बियाका लागि ३५ खेल खेलेर ८ गोल गरिसकेका छन् ।

१०. एलेक्सिस सान्चेस (चिली)

Barcelona 'not in talks over Alexis Sanchez return' - Sports Mole

इटालियन क्लब इन्टर मिलानका स्टार एलेक्सिस सान्चेस लगातार दोस्रोपटक विश्वकप खेल्नबाट बञ्चित भएका छन् ।

उनको देश चिली छनोट नभएपछि उत्कृष्ट फरवार्ड हुनका बाबजुद सान्चेस विश्वकपको रंगमञ्चमा पुग्नबाट बञ्चित भएका हुन् ।

दक्षिण अमेरिकी छनोटमा चिली सातौं स्थानमा मात्र रहन सक्यो । सन् २०१८ मा पनि चिली विश्वकपमा छनोट हुन सकेन ।

मेसीको अर्जेन्टिनालाई पाखा लगाउँदै चिलीलाई लगातार दुईवटा कोपा अमेरिका जित्दा सान्चेसले निर्णायक प्रदर्शन गरेका थिए ।

चिलीको राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता तथा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका सान्चेसले १४८ खेल खेल्दै ४८ गोल गरेका छन् ।

११. फेडेरिको चेइजा (इटाली)

Italy's big-game player: Chiesa proving the value of patience and perseverance | Goal.com English Oman

इटालियन क्लब युभेन्टसका युवा स्टार फेडेरिको चेइजा पनि विश्वकप खेल्नबाट बञ्चित भएका छन् । उनको देश इटाली छनोट नभएपछि उनी बञ्चित भएका हुन् ।

२४ वर्षीय चेइजा गत वर्षको युरोकपदेखि अन्तर्राष्ट्रय मञ्चमा चम्किएका खेलाडी हुन् । उनले इटालीका लागि ३७ खेलमा ४ गोलमात्र गरेका छन् । तर, यी थोरै गोल महत्वपूर्ण छन् ।

साथै, आफ्नो देश छनोट नभएपछि जर्जियो किलिनी, लियानार्दो बुनुची, निकोलो बरेला, किरो इमाबोले, लोरेन्जो इन्सिने, जागिन्होजस्ता नाम चलेका इटालियन खेलाडी पनि विश्वकप खेल्नबाट बञ्चित भएका छन् । विश्वकपमा छनोट नभएपछि यीमध्ये कतिपयले राष्ट्रिय टोलीबाट सन्यास लिने निर्णय गरिसकेका छन् ।

यी दुई बार्सिलोनाका सिनियर खेलाडी जसले मेसीलाई क्लबबाट निकाल्न भूमिका खेले