NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

इंग्ल्याण्डका विश्वविजेता कप्तान मोर्गनले लिए सन्यास

काठमाडौं । इंग्ल्याण्डलाई एकदिवसीय विश्वकपमा पहिलोपटक विजेता बनाएका कप्तान इयान मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

बायाँ हाते विष्फोटक ब्याटर ३५ वर्षीय मोर्गनले टेस्ट, एकदिवसीय र टि–ट्वान्टी गरी तीनै शैलीको क्रिकेटबाट मंगलबार सन्यासको घोषणा गरेका हुन् ।

मोर्गनको कप्तानीमा रहेको इंग्ल्याण्डले फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभर टाइ हुँदा बाउन्ड्री काउन्टको आधारमा सन् २०१९ मा उपाधि जितेको थियो ।

घरेलु मैदानमा जितेको यो नै इंग्ल्याण्डका लागि पहिलो र एकमात्र उपाधि हो ।