NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

१३ सहसचिव सरुवा गरिएको कार्यालय गएनन्, काम नगरी तलब बुझ्दै

काठमाडौं । राजनीतिक शक्तिकेन्द्रको आडमा उच्चतहका कर्मचारीले सरुवामा अटेर गर्दै आएका छन् । सत्तारूढ राजनीतिक दलनिकट ती कर्मचारीले आफूले भनेको ठाउँमा सरुवा नगरिएको भन्दै सिंहदरबारतिरै टहलिने गरेका छन् । कर्मचारी व्यवस्थाको जिम्मेवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ती कर्मचारीसामु निरीह बनेको छ ।

अनुकूल ठाउँ नभएको भन्दै सरुवामा जान अटेर १३ सहसचिव महिनौंदेखि जगेडामा छन् । जबकि, गृह मन्त्रालयमा सहसचिवको आठ दरबन्दी रिक्त छ । संघीय र प्रदेश मन्त्रालय, आयोग र निकायमा समेत गर्दा सहसचिवका २३ दरबन्दी खाली छन् । नीतिगत तहमा काम गर्नुपर्ने एक दर्जन सहसचिवले भने काम नै नगरी तबल खाइरहेका छन् । उनीहरू फुर्सद भएको दिन संघीय मन्त्रालयमा हाजिर गरेर निजी काममा फर्कन्छन् ।

‘पहुँचवाला उनीहरू कहाँ जान्छन्, के काम गर्छन्, हाजिर गर्छन् कि गर्दैनन् भन्नेमा मन्त्रालय बेखबरजस्तै छ । संघीय मन्त्रालयका एक अधिकारीले भने, ‘हामीलाई उहाँहरू (सहसचिव) को विषय थाहा हुन्न । रिक्त स्थान हुँदाहुँदै किन जगेडामा राखिन्छ, त्यो पनि हामी पत्तो पाउँदैनौं ।’

सरकारले सहसचिव व्यवस्थापनको प्रयास गरिरहेको भए पनि पहुँचवालाको सरुवा योजना बिचौलियाले बनाउन थालेकाले समस्या भएको संघीय मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।

जगेडा (अतिरिक्त समूह) मा रहेका सहसचिवहरूम शोभाकान्त पोडेल, रेखा कँडेल, भगवान् अर्याल, सेवन्तक पोखरेल, यामप्रसाद भुसाल, प्रदीप परियार, सुरेश राउत, गणेशराज वस्ती, सेवन्तकराज दाहाल, विश्वनाथ अर्याल, विष्णुप्रसाद कोइराला, श्यामकृष्ण थापा र प्रकाश पौडेल हुन् । शोभाकान्त पौडेल सबैभन्दा बढी चार महिनादेखि अतिरिक्त समूहमा छन् । उनलाई आन्तरिक राजस्व विभागबाट सरुवा गरिएको थियो । प्रकाश पौडेललाई तीन साताअघि राजस्व अनुसन्धान विभागको महानिर्देशकबाट तानिएको हो ।

राजनीीतक नेतृत्वले आफूअनुकूलको व्यक्ति रोज्ने प्रवृत्तिका कारण मुलुकले वर्षौंसम्म लाखौं लगानी गरेका उपल्लो तहका अनुभवी कर्मचारीलाई काम लगाउन नसक्ने स्थिति बनेको एक पूर्वप्रशासकले बताए, आजको कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष