NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महुली लघुवित्तले ४ लाख १६ हजार एफपिओ निष्काशन गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले थप सार्वजनिक सेयर (एफपिओ)  निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये ४ लाख १६ हजार १४७ कित्ता सेयर निष्काशन गर्न लागेका हुन् ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धको कार्य गर्न लघुवित्तले आज एक सूचना प्रकाशित गर्दै कोटेसन आह्वान गरेको हो ।

इच्छुक बिक्री प्रबन्धकले उक्त थप सार्वजनिक सेयर कम्पनीको प्रोफाइलसहित सूचना प्रकाशन भएको १५ दिभित्र दर पेश गर्न  कम्पनीले आह्वान गरेको छ।

No description available.

ताजा अपडेट

नेपालवाच विशेष