NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अलराउण्डरको वरीयतामा दीपेन्द्र नवौं स्थानमा यथावत, को छ पहिलोमा ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीको टि–ट्वान्टी अलराउण्डर वरीयता यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले हालै सार्वजनिक गरेको नयाँ वरीयतामा उनको वरीयता यथावत रहेको हो ।

हालसम्मकै उच्च वरीयतामा रहेका दीपेन्द्र वरीयताको नवौं स्थान छन् । यसअघि पनि उनको स्थान यही नै थियो ।

ब्याटिङ वरीयतातर्फ नेपालकै कुशल भुर्तेल ३८ औं स्थानमा रहेका छन् ।

ब्याटिङ नै तर्फ दीपेन्द्र ४२ औं र आसिफ शेख ९८ औं स्थान छन् ।

बलिङ वरीयतामा नेपालका कप्तान सन्दीप लामिछाने ४० औं स्थानमा रहेका छन् भने अविनाश बोहरा ९३ औं स्थानमा झरेका छन् ।

अलराउण्ड वरीयताको पहिलो नम्बरमा अफगानिस्तानका मोहम्मद नाबी र दोस्रोमा बंगलादेशका सकिब उल असन छन् ।

यस्तै तेस्रोमा इंग्ल्याण्डका मोइन अली छन् ।

हेरौं सूची :