NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक

काठमाडौं । चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ’को टाइटल टिजर बुधबार सार्वजनिक गरिएको छ । टाइटल टिजर ३० सेकेन्डको मात्रै छ ।

कोरोना भाइरसको महामारी अगाडि नै छायांकन गरिएको चलचित्र आगामी भदौ १७ गते प्रदर्शन मिति घोषणा गरिएको फिल्मको पोस्ट प्रोडक्सनको काम सकिएको निर्माण युनिटले जनाएको छ ।

अबको केही दिनमा फिल्मको गीत ‘ए माया तिमी विना जीवन चल्दैन’ सार्वजनिक गरिने पनि बताइएको छ ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्ट मुख्य भूमिकामा छन् । फिल्ममा केकी र आँचल देउरानी र जेठानीको भूमिकामा रहेका छन् ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्मित यो फिल्म भिमनिधि तिवारीको ‘झिँगेदाउ’ कथामा आधारित छ ।

ताजा अपडेट

नेपालवाच विशेष