NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

एउटै नम्बरका दुई मोटरसाइकल प्रकरण : ‘सक्कली’ सवारीधनी भेटिए

काठमाडौं । काठमाडौंको सडकमा एकै नम्बर प्लेटका दुईवटा मोटरसाइकल बुधबार भेटिएपछि कुन सक्कली भन्ने कौतुहलता सबैलाई लागेको हुनुपर्छ । अब त्यो कौहुहलता मेटिएको छ । तस्बिरको बायाँपट्टी देखिएका १५० सिसीकाे पल्सर मोटरसाइकल चालक सक्कली सवारीधनी भएको तथ्य बाहिरिएको छ ।

हाल काठमाडौंको सुविधानगर बस्ने काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिकाका शिवहरि सत्याल रहेको तथ्य बाहिरिएको हो । सत्यालले सो मोटरसाइकल आफ्नो भएको दाबी गर्दै कागजपत्रसमेत सामाजिक सञ्जालमा राखेका छन् ।

आफ्नो नम्बरको अर्को मोटरसाइकल भेटिएपछि सत्याल प्रहरीको सम्पर्कमा गएका थिए । अर्का व्यक्ति भने फरार छन् ।

बागमती प्रदेश ०२–०२२ प २३८० नम्बरका दुई मोटरसाइकल गौशालाको जाममा भेटिएका थिए ।

एउटै नम्बरका दुई मोटरसाइकल जाममा परेपछि कसैले तस्बिर खिचेर सामाजिक सञ्जालमा हालेपछि त्यो भाइरल भएको थियो ।

यी हुन् पुरुषको नामको लाइसेन्स आफ्नो नाममा निकाल्ने महिला सैनिक

एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकल एकैसाथ भेटिएपछि…