NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

उद्धव ठाकरेले राजीनामा दिएपछि कंगनाले भनिन्, ‘पाप बढेपछि विनाश हुन्छ’

काठमाडौं । महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएपछि चर्चित अभिनेत्री कंगना रनावतले भिडियो सार्वजनिक गर्दै आफ्नो प्रतिक्रिया दिएकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘जब पाप बढ्छ, विनाश हुन्छ र त्यसपछि सृष्टि हुन्छ । अनि जीवनको कमल फुल्छ ।’

उद्धव ठाकरे नेतृत्वको महाविकास अघाडी सरकार सत्तामा आएपछि कंगना रनावत धेरै घटनालाई लिएर विवादमा परेकी छिन् ।

सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर आरोप-प्रत्यारोपबाट सुरु भएको यो घटना उनको कार्यालयको एक भाग भत्काउनेसम्म पुग्यो ।

अदालतको हस्तक्षेपपछि कंगनाको कार्यालय भत्काउन रोकिए पनि त्यतिवेलासम्म उनको कार्यालयमा धेरै क्षति पुगिसकेको थियो । शिवसेना सांसद सञ्जय राउतसँग पनि उनको निकै विवाद भएको थियो ।

उद्धव ठाकरेको सरकार बनेपछि कंगनाले मुम्बईमा आफू असुरक्षित महसुस नगरेको बयान दिएकी थिइन् । उनले मुम्बईलाई पाकिस्तान प्रशासित कश्मीरसँग तुलना गरेपछि सञ्जय राउत र कंगनाबीच लामो समयसम्म शब्दयुद्ध जारी रह्यो ।

ठाकरेले शिवसेना नेतृत्वको सरकारबाट राजीनामा दिएपछि आफ्नो भिडियो सन्देशमा कंगनाले भनिन्- ‘१९७५ पछि यो समय भारतको लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण समय हो । सन् १९७५ मा लोकनेता जेपी नारायणको ‘सत्ता छोड कि जनता आउँछन्’ भन्ने आह्वानका कारण सत्ता ढलेको थियो ।’

कंगनाले भिडियाेमा भनेकी छिन्, ‘२०२० मा मैले भनेको थिएँ, लोकतन्त्र एउटा विश्वास हो र जसले सत्ताको घमण्डमा यो विश्वास तोड्छ उसको घमण्ड पनि टुट्ने पक्का छ । यो कुनै व्यक्ति विशेषको शक्ति होइन । यो वास्तविक चरित्रको शक्ति हो ।’

ठाकरे ०७६ मंसिरमा महाराष्ट्रको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

बहुमत परीक्षणमा सर्वोच्च अदालतको आदेशको लगत्तै सोशल मिडियामा लाइभ आउँदै ठाकरेले आफू शिवसैनिकहरूले रगत बगाउनु नचाहने भएकाले महाराष्ट्रको मुख्यमन्त्री पद त्यागेको बताएका छन् ।

महाराष्ट्रका ठाकरेले दिए राजीनामा, अब को बन्ला मुख्यमन्त्री ?