NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पोर्चुगल विश्वकपको फाइनलमा पुग्दैन भनेका मार्टिनेजलाई सिल्भाले दिए ‘कडा’ जवाफ

काठमाडौं । आफ्नो देश पोर्चुगललाई फिफा विश्वकपको दाबेदार नमानेका अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेजलाई बर्नार्डो सिल्भाले कडा जवाफ दिएका छन् ।

हालै एक स्पेनिस सञ्चारमाध्यमलाई अन्तवार्ता दिँदै अर्जेन्टिनी स्ट्राइकर मार्टिनेजले पोर्चुगलले उपाधि जित्न त परको कुरा फाइनलमा पुग्छ भनेर आफूहरूले नसोचेको बताएका थिए ।

इटालियन क्लब इन्टर मिलानमा आबद्ध मार्टिनेजले फाइनलमा आफ्नो देशले विश्वकपको फाइनलमा जर्मनी वा फ्रान्स जर्मनीमध्ये एउटा टोली चाहेको बताएका थिए ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना सजिलै फाइनलमा पुग्ने मार्टिनेजको दाबी थियो ।

मार्टिनेजले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई भने प्रमुख दाबेदार मानेनन् । फाइनलमा पनि पुग्ने सम्भावना नरहेकाले सो टोलीसँग फाइनल खेल्नेबारे आफूले नसोचेको स्पष्ट पारेका थिए ।

मार्टिनेजको यो अभिव्यक्तिबारे स्पेनिस मिडियाले नै सोधेको प्रश्नमा पोर्चुगिज मिडफिल्डर सिल्भाले कडा जवाफ दिएका हुन् ।

मार्टिनेजले बढी नै गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डरसमेत रहेका सिल्भाले खेल संस्कार देखाउन र अरु टिमलाई पनि सम्मान गर्न मार्टिनेजलाई आग्रह गरे ।

मार्टिनेजले आफूहरू विश्वकपमा पुगसकेको जस्तो अभिव्यक्ति दिएको भन्दै सिल्भाले पहिलो समूह चरण पार गरेर देखाउन चुनौती दिए ।

सिल्भाले विश्वकप आउन अझै पाँच महिना बाँकी रहेको र अझै टोलीमा ठूलो परिवर्तन हुने सम्भावना रहेकाले यसबारे अहिले नै अनुमान गरिहाल्न हतार हुने बताए ।

यद्यपि, आफ्नो टोली पोर्चुगल पनि खाली वार्मअप गर्न वा घुम्नमात्र कतार जान नलागेको बताउँदै मार्टिनेजले दिएको अभिव्यक्तिको जवाफ मैदानमै दिने स्पष्ट पारे ।

रोनाल्डोको पोर्चुगललाई दाबेदार नमान्ने मार्टिनेज विश्वकपमा यी दुई देशसँग बदला लिन चाहन्छन्