NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

जसपा फुट्ने निश्चित, अलग हुन उपेन्द्र र बाबुरामबीच सहमति

बीचकाठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट्ने निश्चित भएको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच अलग हुन सहमति भएसँगै जसपा फुट्ने निश्चित भएको हो ।

भट्टराईले बुधबार यादवलाई बोलाएर अलग हुने प्रस्ताव गरेका थिए ।

त्यसमा यादव सहमत भएपछि पार्टी फुट्ने निश्चित भएको जसपाका एक नेताले बताए ।

हालको अवस्था हेर्दा यादव पक्षको बहुमत रहेको देख्निछ । यसर्थ, उनले नै आधिकारिता पाउने सम्भावना छ ।

यसअघि यादवतिर रहेका अशोक राई महेन्द्र यादव र राजकिशोर यादव पनि भट्टराई कित्तामा उभिएका छन् ।