NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

वाग्मती प्रदेशका मुख्यमन्त्री हटाउन सत्तारुढ कांग्रेस र माओवादीबाटै हस्ताक्षर संकलन

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हटाउन सत्तारुढ दलभित्रै हस्ताक्षर संकलन सुरु भएको छ । गत कात्तिक ११ मा नेकपा एसका पाण्डे ६/६ महिनाको भागबण्डामा मुख्यमन्त्री बनेका थिए ।

एमालेको सरकार ढलेपछि पाण्डे कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) सहमतिमा मुख्यमन्त्री भएका थिए ।

प्रदेशको बजेट पासलगत्तै उनलाई हटाएर कांग्रेसका इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने गरी कांग्रेस र माओवादीले हस्ताक्षर अभियान अघि बढाएका हुन् । पाण्डेलाई माओवादीका २३, कांग्रेसका २२, नेकपा (एस) १३ र जसपाक १ सांसदको समर्थन थियो ।

पूर्व सहमति पालनामा पाण्डेले आनाकानी गरेपछि उनैविरुद्ध सत्तारुढ दलबाटै हस्ताक्षर अभियान थालिएको हो । पाण्डे ५९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष