NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते
फोहर व्यवस्थापनको खोजी

‘घरमा बोराका बोरा चामल राख्नेले फोहर पनि दुईदिन राख्न सक्नुपर्छ’

काठमाडौं । काठमाडौं महानगरपालिकामा फोहर उठ्न नपाउँदै फेरि थुप्रिने क्रम जारी छ । महिनौंसम्म नउठ्दा काठमाडौंबासीले बाध्य भएर सडकमा फोहर थुपार्न बाध्य हुन्छ ।

काठमाडौंको फोहर बिर्सजन गर्ने स्थल सिसडोल र बञ्चरेडाँडामा बेलाबेला विवाद सिर्जना हुँदा काठमाडौंको फोहोर हप्तौसम्म सडकमै कुहिन्छन् । यसले वरिपरीका बासिन्दा र सडकमा हिड्नेहरूलाई प्रत्यक्ष असर परेको छ ।

पछिल्लोसमय काठमाडौं महानगरमा बालेन शाह मेयरमा निर्वाचित भएर आएपछि भने जनताले फोहोर व्यवस्थान हुनेमा आशा व्यक्त गरिरहेका छन् । अहिले पनि फोहोर व्यवस्थापनमा महानगर लागि परेको छ ।

महानगरपालिकामा ४ महिनासम्म नउठेको फोहार २ महिनादेखि उठाउन थालेको छ । सडकका गल्ली तथा चोक–चोकमा थुप्रिएका फोहर उठ्न नपाउँदै स्थानीयले भने फोहर फाल्न छाडेका छैन्न । साँझमा उठेका फोहर बिहान चोक–चोकमा उस्तै देखिएका छन् ।

लामो समयदेखि फोहरको दुर्गन्धको मारमा परेका सडक यात्रु बेलुका फोहोर उठ्ने गरेता पनि बिहान उस्तै थुप्रो देख्नु पर्दा दुःख लाग्ने बताउँछन् । पुतलीसडक बस्ने सविता शर्मा उठाउने गाडी दिनहुँ नआएका कारण फोहोर थुप्रिएको बताउँछिन् । उनि भन्छिन्, ‘फोहर उठिसकेको ठाउँमा स्थानीयले पुनः फोहर फाल्छन् । दिनहुँ गाडी आउँदैन । यसर्थ, थपिँदै जान्छ ।’

फोहरमैला व्यवस्थापन ऐन २०६८ (१) को दफा ३८ को खण्ड ‘क’ बमाजिम कसैले सार्वजनिक ठाउँमा फोहोर फालेमा उक्त कसुर गर्ने व्यक्तिलाई पाँच हजारसम्म जरिवाना लाग्ने व्यवस्था गरिएको छ ।

प्रवक्ता काफ्लेले फोहर फाल्नेलाई समातेर सार्वजनिक मुद्दा तथा जरिवाना लगाउनु पर्ने बताए । उनले भने, ‘सार्वजनिक स्थानमा त्यसरी फोहर फाल्न पाइँदैन, त्यो सबैको हो । सार्वजनिक स्थानमा सबैको हकहितको काम गर्ने हो ।’

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्ले सडकमा फोहोर थुप्रिनुमा सचेतनाको कमी भएको बताउँछन् ।

नेपालवाचसँग कुरा गर्दै उनी भन्छन्, ‘जसले फोहोर फाल्ने गरेका छन् उनीहरूमा सचेतनाको कमी पाइएको छ ।’

प्रवक्ता काफ्ले महानगरपालिकाले फोहर उठाइरहेको दाबी गरेका छन् । उनले भने, ‘हामीले फोहर उठाइराखेका छौँ । तर, नगरवासीमा के भ्रम छ भने फोहर घरको फोहर नउठ्ने हुनाले सडकमा लगेर फाल्नुपर्छ । अब यो बानी सुधार गर्नुपर्छ ।’

नगरवासीलाई जथाभावी फोहर नफाल्न अनुरोध गरिहेको उनले जानकारी दिए । नगरपालिकाले सचेतनाका लागि माइकिङ तथा सूचना प्रवाह गरिरहेका उनको भनाइ थियो । महानगरले फोहर व्यवस्थापनमा कडाइ गर्दै गरेको उनले जानकारी दिए । उनले भने ‘महानगरले यसमा कडाइ गर्दैछ । हामी सिसिटिभी क्यामेरा राख्दै छौँ ।’ महानगरले अभियानकै रुपमा कार्यक्रम ल्याउन लागेको उनको भनाइ छ ।

सहायक प्रवक्ता काफ्लेले फोहर फाल्नेलाई समातेर सार्वजनिक मुद्दा तथा जरिवाना लगाउनु पर्ने बताए । उनले भने, ‘सार्वजनिक स्थानमा त्यसरी फोहर फाल्न पाइँदैन, त्यो सबैको हो । सार्वजनिक स्थानमा सबैको हकहितको काम गर्ने हो ।’

सहायक प्रवक्ता काफ्लेले महानगरपालिकाको सूचनाविपरीत जानेलाई कारबाही गर्नुको अन्य विकल्प नभएको बताए ।

साथै, उनले फोहरको गाडी दिनहुँ सबै घरघरमा पुग्न नसक्ने बाध्यता रहेको भन्दैस्थानीयले एक-दुई दिनको फोहर घरमा राख्न सक्नुपर्ने बताए । उनले भने ‘उहाँहरूले होल्ड त गर्न सक्नुपर्यो नि, चामलचाँहि बोराका बोरा राख्न सक्ने, खाद्य सामग्री राख्न सक्ने, फोहर एकदिन पनि राख्न नसक्ने भन्ने चाहिँ हुँदैन ।’

उनले तीन–चार लाख घरमा दिनहुुँ आउन नसकिने र दुई–तीन दिनको अन्तरमा फोहोर उठाउन आउने सूचना दिएको बताए । उनले भने ‘सबैको घरमा हामी बिहान उठ्ने बित्तिकैदेखि बेलुकासम्म पुग्ने सम्भावना हुँदैन । हामीसँग त्यो स्रोत–साधन पनि छैन ।’

सहायक प्रवक्ता काफ्लेले गाडी नआउँदासम्म दुई–तीन दिनसम्म कि घरमै राख्न नसकेका महानगरले ताकेको टेकु तथा नजिकै खुलेका स्टेसनमा पु¥याउन आग्रह गरे ।