NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महिला फ्यानलाई दुर्व्यवहार गरेकाे मुद्दामा आर केलीलाई ३० वर्षको जेल सजाय

काठमाडौं । चर्चित अमेरिकी गायक आर केलीलाई यौन दुर्व्यवहारको मुद्दामा ३० वर्षको जेल सजाय सुनाइएको छ । केलीलाई धेरै महिलाहरूले यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।

अनुसन्धानमा यी आरोपहरू प्रमाणित भएपछि ५५ वर्षीय अमेरिकी स्टारलाई उक्त सजाय सुनाइएको हो । केलीलाई आरोप लगाउने अधिकांश महिलाहरु उनका प्रशंसक थिए ।

आर केलीविरुद्ध विगत २० वर्षदेखि मुद्दा चलिरहेको थियो । ४५ साक्षी पेसपछि हाल ९ वटा मुद्दामा उनी दोषी ठहर भएका छन् । कतिपय मुद्दा अझै अनुसन्धानकै क्रममा छन् । यी मामिलामा दोषी पाइएमा केलीको सजाय अझै बढ्न सक्छ ।

उनले १५ वर्षकी युवतीसँग विवाह गरेको पनि आरोप छ । अनुसन्धानमा आर केलीले आफ्नो म्यानेजरको सहयोगमा यो विवाहका लागि अधिकारीहरुलाई घूस समेत दिएको खुलासा भएको छ ।

हलिउड स्टारमाथि यौन दुर्व्यवहारको आरोप लागेको यो पहिलोपटक भने होइन । यसअघि पनि यस्ता घटनामा धेरै ठूला स्टारको नाम आएको छ । तर, सबै घटनामा दोषी प्रमाणित हुन सकेको छैन । मिटू अभियानमा धेरै हलिउड स्टारहरुमाथि पनि यस्तो आरोप लागेको थियो । हलिउडका कलाकार हार्वी वाइन्स्टिन, केभिन स्पेसी र जोनी डेपमाथि बलात्कार र यौन हिंसाको आरोप लागेको छ ।

हलिउडका चर्चित पप स्टार माइकल ज्याक्सनमाथि सन् १९९३ मा बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष