NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

अन्तिम १६ मै अर्जेन्टिनासँगको सम्भावित भेटबारे के भन्छन् एम्बाप्पे ?

काठमाडौं । गत संस्करण विश्वकपको अन्तिम १६ मा लियोनल मेसीको अर्जेन्टिना र केलियन एम्बाप्पेसहितको फ्रान्सबीच अन्तिम १६ मा भेट भएको थियो । सो खेलमा मेसीले दुई एसिस्ट गरे भने युवा एम्बाप्पेले दुई गोल गरे । तर, सो खेल फ्रान्सले ४–३ ले जित्यो ।

अर्जेन्टिना समूह डीको उपविजेता तथा फ्रान्स समूह सीको विजेता भएपछि यी दुई ठूला टोलीबीच अन्तिम १६ मै भेट भएको थियो ।

योपटक पनि अर्जेन्टिना र फ्रान्स अन्तिम १६ मै भेट हुने सम्भावना छ । अर्जेन्टिना समूह सीमा छ भने फ्रान्स समूह डीमा छ । यी दुईमध्ये एउटा समूह विजेता र अर्को उपविजेता भए अन्तिम १६ मै भेट हुने पक्का छ ।

Kylian Mbappe Backs Lionel Messi to Win Record Sixth Ballon D'or Award

यसै विषयलाई लिएर एम्बाप्पेलाई फ्रेन्च मिडियाले हालै प्रतिक्रिया लिएको छ । मेसी र एम्बापे अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का सहकर्मी हुन् । सो अन्तर्वार्तामा एम्बापेले आफ्ना क्लब सहकर्मीको टोलीसँग अन्तिम १६ मै भेट भए त्यो रोचक हुने बताएका छन् । सो खेलका लागि आफू निकै उत्साहित रहेको पनि उनको भनाइ छ ।

‘विश्वकपको मञ्चमा विश्वकै उत्कृष्ट खेलाडीको टोलीविरुद्ध खेल्न पाउनु खुसीको कुरा हो । यदि, साच्चै हामी अर्जेन्टिनासँग पर्यौ भने त्यो ठूलो खेल हुनेछ,’ उनले भने ।

आफ्ना क्लब सहकर्मीको टोली अर्जेन्टिनालाई फेरि हराउन आफूले टिमका लागि सक्दो शतप्रतिशत प्रदर्शन गर्ने पनि एम्बापेले स्पष्ट पारे ।

युइएफए नेसन्स लिगका खराब नतिजाले आफूहरूलाई विश्वकपमा असर नपर्ने उनले दाबी गरे ।

‘निश्चय पनि हामीले नेसन्स लिगमा राम्रो नतिजा हासिल गरेका छैनौं । यो प्रतियोगिता हाम्रो प्राथमिकतामा परेको पनि थिएन । तर, विश्वकपमा अर्कै खेल हुनेछ । हामी लयमा आउनेछौं,’ उनले भने ।

पोर्चुगल विश्वकपको फाइनलमा पुग्दैन भनेका मार्टिनेजलाई सिल्भाले दिए ‘कडा’ जवाफ