NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सडकमा मकै बेच्नेलाई नगर प्रहरीको लछारपछार (भिडियोसहित)

काठमाडौं । काठमाडौंका सडकमा हरिया मकै बेच्नेमाथि नगर प्रहरीले दुव्र्यवहार गरेको छ ।

सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडियोे अहिले सामाजिक सञ्जालमा छाइरहेको छ ।

घटना शुक्रबार बिहान बालुवाटारमा भएको भन्दै सञ्चारकर्मी सृष्टि काफ्लेले ट्विटरमा बताएकी छिन् । भिडियो उनैले खिचेको बताइएको छ ।

सो भिडियोेमा एकजना बूढा मानिस र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देख्न सकिन्छ । तर नगर प्रहरीले उनीहरूलाई लछारपछार गर्दै मकै छरिदिएका छन् ।

यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने जानकारी दिएको थियो ।

निर्धारित समय र ठाउँमा बाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान जफत गरिने महानगरको चेतावनी थियो ।

यद्यपि साना व्यापारीले भने महानगरले दुःख दिँदै आएको गुनासो गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष