NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नेपालको निजी क्षेत्रको लगानीमा के–के समस्या छन् ?

काठमाडौं । सरोकारवालाहरूले नेपालमा निजी क्षेत्रको व्यवस्थित र भरपर्दो लगानीका लागि कार्यपालिकाले नै प्रभावकारी अग्रसरता लिनुपर्ने बताएका छन् । निजी क्षेत्रसँग सम्बन्धित कानुनसहितका विषय कार्यपालिकाबाट सुरु भएर कार्यपालिकाले नै टुंग्याउनुपर्ने भन्दै सरोकारवालाहरूले सरकार नै मुख्य जिम्मेवार भएको बताएका हुन् ।

नेपालवाच मल्टिमिडियाको प्रस्तुतिमा नेपाल टेलिभिजनबाट प्रस्तुत हुने ‘पोलिसी डाइलग २०२२’ कार्यक्रममा बोल्दै उनीहरूले समयमा कानुनलाई कार्यान्वयन गर्ने, नियमावली बनाउने, ऐन बनाउनुपर्ने विषयमा जोड दिएका हुन् ।

कार्यक्रममा कांग्रेस सचेतक पुष्पा भुसालले अर्थतन्त्रका आधारलाई बलियो बनाउन संसद्को ध्यानाकर्षण भएको बताइन् ।

‘हामीले दीगो विकासको लक्ष्य लिएका छौं । अर्थतन्त्रका आधारलाई बलियो बनाउने भनेका छौं । निजी लगानीलाई सुरक्षित गर्ने विषयमा संसदको ध्यानाकर्षण भएको छ’ भुसालले भनेकी छिन्, ‘छरिएर रहेका कानुनलाई कार्यान्वयन गर्नुपर्नेछ । सरल ढंगलबाट कार्यान्वयनको बाटोमा अगाडि बढाउनुपर्छ । एकीकृत भएर कानुनी प्रावधान र कार्यान्वयको विषय उठाउँदा हामीलाई सहज हुन्छ ।’

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले कार्यपालिकाको कार्यसम्पादनका धेरै विषय निर्भर हुने बताए ।

‘कार्यपालिकाले लगानीको वातावरण बनाउन कानुनको विधेयक तयार गर्ने र संसदमा लाने गर्छ । संसद्बाट छिटो पास गराउन हामी चुकेका छौं । संसदमा कतिपय कानुन वर्षौदेखि अड्किएका छन् । संवेदनशील विषय एकातिर होलान् तर आर्थिक विषयसँग सम्बन्धित कानुन पनि अड्किएका छन्’ उनले भने, ‘संसदमा आएपछि कार्यपालिकामा पनि अड्किएका छन् । समस्या कार्यपालिकाबाट सुरु भएर कार्यपालिकाबाटै अड्किन्छ । यसैले कार्यपालिकाको भूमिका महत्वपूर्ण हुन्छ ।’

विकासभन्दा प्रशासनिक काममा बढी समय जाँदा पनि समस्या भएको भन्दै उनले कार्यपालिकामा गर्छु भन्ने जाँगर र जोश चाहिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कानुन निर्माण अघि सरोकारवाला पक्षसँग संवाद गरे प्रभाकारिता हुने बताए ।
‘कानुन र भएका विषय परिमार्जन गर्ने विषयमा सम्बन्धित पक्षलाई साक्षीका रुपमा मात्र राखेको देखिन्छ । कानुन निर्माणमा सरोकारवाला पक्षलाई राखेर पहिलो छलफल गर्नुपर्छ’ ढकालले भने, ‘बाहिरबाट आउने वा यहाँको नै किन नहोस् पहिले ठोकिने नीजिक्षेत्रसँगै हो । नीजि क्षेत्रले दिएको सुझावको आधारमा कानुन बनाउँदा नियमावली, कार्यविधिका विषयमा सम्बन्धित क्षेत्रसँग छलफल गर्दा कार्यान्वयनमा फाइदा हुन्छ ।’

पूरा भिडियोमा हेर्नुहोस् कसले के भने ?

नेपालमा लगानीको वातावरण बनाउन कस्ता नीति आवश्यक छन् ?

गगन थापा प्रधानमन्त्री हुँदा कस्तो होला प्रधानमन्त्री कार्यालय ?

नेपालमा समयमा बजेट खर्च हुन नसक्नुको कारण के हो ? [भिडियोसहित]